सर्वोच्च अदालतमा रेशम चौधरीको रिहाइविरुद्धको मुद्दा दर्ता

काठमाडौँ । टीकापुर घटनाका प्रमुख दोषी रेशम चौधरीलाई सरकारले आममाफी दिएपछि असन्तुष्ट प्रहरी निरीक्षक केशव बोहराकी श्रीमतीले दिएको रिट सर्वोच्च अदालतमा मंगलबार दर्ता भएको छ।

 

टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा बोहरा कडायतले आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दिएकी थिइन् ।

उनले दिएको उक्त रिट निवेदन दर्ता भएको हो। उक्त मुद्दाको पेशी भोलि (बुधबार) का लागि तोकिएको छ। सर्वोच्च अदालतलेसमेत जन्मकैदको फैसला गरेका टीकापुर घटनाका दोषी चौधरीले मन्त्रिपरिषद्को निर्णयमुताबिक राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर