गङ्गा दशहरा अवसरमा भक्तजनहरुको घुइँचो

काठमाडौं । गङ्गा दशहरा अवसरमा जनकपुरधामको दशरथ तलाउ (दशरथ पोखरी) मा स्नान गर्ने भक्तजनहरुको घुइँचो लागेको छ । जेठशुक्ल दशमी तिथिका दिन गङ्गा माता नदीकोरूपमा पृथ्वीमा अवतरण भएको विश्वासका साथ पोखरीमा स्नान गर्ने भक्तजनहरुको घुँइचो लागेको हो ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ स्थित दशरथ मन्दिर नजिक रहेको दशरथ सरोवरमा नेपाल तथा भारतका विभिन्न स्थानबाट दशरथ महाराजको पूजा गर्न भक्तजनहरू आउने गरेका छन् । यहाँ स्नान गर्नाले पुण्य प्राप्ति हुने मान्यता रहेको छ ।

प्राचीनकालमा राजा भगीरथले शिवजी भगवान्को कठोर तपस्या गरी धरतीमा लागेको सुक्खा र खडेरीलाई हटाउन आजकै दिन महादेवबाट वरदान पाई गङ्गा मातालाई पृथ्वीमा अवतरण गराएको शिव महापुराणमा उल्लेख छ । १० प्रकारका पाप नाश हुने विश्वासमा नदी पवित्र तलाउ तथा तीर्थस्थलमा स्नान गरी तर्पण गरेर यो पर्व मनाइने गरिन्छ । सके दशौं दिन स्नान गर्ने, नसके दशमीका दिन मात्र स्नान गर्ने परम्परा पनि छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर