नेटोका शान्ति सेनामाथि आक्रमण हुँदा २५ जना घाइते

काठमाडौं । कोसोभोमा मच्चिएको जातीय प्रदर्शनको क्रममा एटलान्टिक सहयोग संगठन नेटोका शान्ति सेनामाथि आक्रमण हुँदा २५ जना घाइते भएका छन् ।

सर्बहरुले बहिष्कार गरेको एउटा निर्वाचनमा विजयी भएका अल्बानियन जातिका मेयरले कार्यभार समालेलगत्तै कोसोभोको उत्तरी क्षेत्रमा प्रदर्शन चर्किएको हो ।

सर्बहरुले चर्काएको प्रदर्शनको क्रममा प्रहरी र नेटोका शान्ति सेनामाथि आक्रमण भएको बताईएको छ । सर्बहरुलले बहिष्कार गरेको निर्वाचनमा जम्मा चार प्रतिशत मात्रै मतदान भएको बुझिएको छ ।

कोसोभोमा स्थापनादेखि नै सर्ब र अल्बानियन जातिबीच तनावपूर्ण सम्बन्ध छ । सिंगो देशमा अल्बानियन समुदायको ९० प्रतिशत बाहुल्यता छ । तर, उत्तरी केही क्षेत्रमा सर्ब जातिहरुको बहुमत छ । सन् २००८ मा सर्वियाबाट स्वतन्त्र देश बनेको कोसोभोलाई अमेरिका, युरोपेली युनियनलगायतका पश्चिमा देशहरुले मान्यता दिएपनि रुसको समर्थनप्राप्त सर्वियाले अहिलेसम्म मान्यता दिएको छैन ।

यसैबीच कोसोभोका राष्ट्रपति अलेक्जेन्डर वुसिकले राष्ट्रको नाममा सम्बोधन गर्दै सैनिकहरुलाई मनोबल उच्च पार्न निर्देशन दिनुभएको छ । पछिल्लो घटनाको जिम्मेवारी कोसोभोका प्रधानमन्त्री अल्बिन कुर्तीले लिनुपर्ने उहाँको बुझाई छ ।

प्रधानमन्त्री कुर्तीले सर्ब जातीलाई उक्साएको आरोप राष्ट्रपति वुसिकको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर