बालाजु बाईस धारा मेलामा भक्तजनको घुइँचो

काठमाडौं । काठमाडौंको बालाजुस्थित बाईसधारामा आज (बिहीबार) बिहानदेखि मेला लागेको छ ।

आजको मेलालाई बालाजु बाईस धाराको मेला नामले प्रख्यात छ । चैत शुक्ल पूर्णिमाका दिन लाग्ने मेलामा बिहानैदेखि स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ ।

काठमाडौँको पश्चिम–उत्तर दिशामा पर्ने बालाजुमा स्नान गरी नारायण मन्दिरमा तथा नागार्जुनस्थित जामाचो डाँडामा रहेको चैत्यको दर्शन गर्ने प्रचलन पनि रहेको छ । नेवारहरूले यस दिनलाई ल्हुतिपुन्हि भन्ने गरिन्छ । पूर्णिमाका दिन बालाजु बाईस धारामा स्नान गर्नाले शारीरिक रोग, व्याधिका साथै कष्ट निवारण हुने विश्वास गरिन्छ ।

नेपाल संवत् ८७५ मा कान्तिपुरका राजा जयप्रकाश मल्लले २१ वटा ढुङ्गे धारा स्थापना गराएका थिए । पछि वि.सं. १८५५ मा राजा रणबहादुर शाहले थप एउटा ठुलो ढुङ्गे धारा स्थापना गरी बाइसधाराको नामले प्रख्यात रहन गएको हो भने इतिहासमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर