“राष्ट्रिय हित र मित्रवत् सम्बन्धलाई केन्द्रमा राखेर संवाद गरिने”

 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणबारे संसद्‌लाई जानकारी गराएका छन्।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा आगामी जेठ १७ देखि २० गतेसम्म भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मैत्रीपूर्ण भ्रमणमा जाने जानकारी दिँदै प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा उनले भने, “विभिन्न चरणमा तयारी भइरहेको र भ्रमण राष्ट्रिय हित र मित्रवत् सम्बन्धलाई केन्द्रमा राखेर संवाद गरिने छ । हैदरावाद हाउसमा द्विपक्षीय वार्ता हुनेछ। नेपाल–भारत सम्बन्धका विविध पक्षमा वार्ता हुनेछ। विशेषगरी विद्युत्, सिँचाइ, ऊर्जा, कृषि, हवाइ प्रवेश मार्ग आदिका विषयमा छलफल हुनेछ। सुदूरपश्चिमको सीमामा मोटरेबल र झोलुंगे पुल बनाउने विषयमा पनि कुरा हुनेछ। भारतको भूमि हुँदै बंगलादेश बिजुली पठाउने कुराको सुनिश्चितता खोजिनेछ।’

यसैगरी २६ वर्षदेखि अलपत्र पञ्चेश्वरबारे कुरा गर्नुका साथै द्विपक्षीय वार्ताबाट तयार गरिएको नयाँ पारबहन सन्धिलाई टुंग्याउने बताएका छन्।
उनले भने, ‘इतिहासदेखि नै थाती सीमा समस्या समाधानका लागि ठोस विश्वासको वातावरण बनाउने प्रयास गरिनेछ। नेपाल र भारतका उद्योगी, व्यवसायीका संस्थाहररूले आयोजना गर्ने विजनेस समिटलाई सम्बोधन गरिनेछ। अन्तरक्रिया गरिनेछ। मध्यप्रदेशका इन्दोरलगायतमा पनि भ्रमण गर्ने कार्यक्रम छ। त्यहाँ स्वच्छ भारत परियोजनाको अवलोकन गरिने र आइटी पार्क समेत हेरेर फर्किइनेछ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर