पाँचथरमा आगलागी हुँदा डेढ करोडको क्षति

काठमाडौं । पाँचथरको फाल्गुनन्द गाउँपालिका –५, भञ्ज्याङस्थित पञ्चबहादुर चेम्जोङको घरमा आगलागी हुँदा डेढ करोड मूल्य बराबरको क्षति भएको छ । भान्साघरबाट आगो फैलिएर आइतबार राति ११ः ४५ बजे आगलागी हुँदा सो क्षति भएको प्रहरी नायव उपरीक्षक हरि खतिवडाले बताए ।

भान्साघरसहित तीन तले मूलघर जल्दा ७ तोला सुन, ३० तोला चाँदी, ५ लाख नगद, किराना पसल, भाडाबर्तन, लत्ताकपडा, काठ, कागजात जलेको छ । घरमा पार्किङ गरिएका बा ७८ प ११३७, बा ५३ प ४०३८, नम्बर नखुलेको एउटा मोटरसाइकल र मे. ७ प १६८४ नम्बरको स्कुटी पनि जलेर नष्ट भएको छ ।

नजिकैको फाक्तेप प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक अनिल सुब्बा नेतृत्वमा गएको सुरक्षाकर्मी र स्थानीयवासीले सोमबार बिहान आगो नियन्त्रणमा लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर