आज साँझसम्ममा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिने

काठमाडौं । सत्ता गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम (कमन मिनिमम प्रोग्राम) बिहीबार साँझसम्ममा सार्वजनिक गर्ने भएको छ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बिहान बसेको १० दलीय गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले गठबन्धनका दलबीचमा सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक र नीतिगत विषयमा सहमति गरेको बताए ।

गुरुङले बिहीबार साँझ ५ बजेसम्ममा सुझावहरु प्राप्त भएपछि सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने निर्णय भएको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर