पोखरास्थित रत्न मन्दिर सर्वसाधारणका लागि खुला

काठमाडौं । पहिले शाह वंशका राजपरिवारका सदस्यहरूले प्रयोग गर्दै आएको पोखरास्थित रत्न मन्दिर गणतन्त्र दिवसको अवसरमा सर्वसाधारणका लागि खुला गरिएको छ । नेपाल ट्रष्टको नाममा समित्व रहेको उक्त मन्दिर १ सय ११ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सोमबार उक्त मन्दिरमा सर्वसाधारणका लागि प्रवेशका लागि  खुला गरे । अहिले आंशिक भाग मात्र खुला गरिएको मन्दिरपरिसर भविष्यमा पूर्णरूपमा खुला गरिने बुझिएको छ । नारायणहिटी राजदरबार संग्रहालयको रूपमा स्थापना गरिएपछि रत्न मन्दिर पनि जनताका लागि खुला गरिनुपर्ने माग सर्वत्र थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर