मुगुमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । मुगुमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

छायाँनाथ रारा नगरपालिका–१४ बाम भन्ने स्थानमा आइतबार राती ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

गमगढी बजारबाट खानेपानीको पाइप बोकेर बाम जाँदै गरेको ट्याक्टर सडकबाट झण्डै ५० मिटर तल खसेको स्थानीयले बताएका छन् ।

मृत्यु हुनेमा ३० वर्षीय चालक काशिलाल बडुवाल र २० वर्षीय सहचालक शिव बडुवाल रहेका छन् ।

राति भएको दुर्घटनाबारे बिहानै मात्र थाहा भएको हो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर