बेलारुसका आप्राबासी पोल्याण्डको सीमामा अलपत्र
काठमाडौं । बेलारुसबाट पोल्याण्ड प्रस्थान गर्न लागेका ३० जना आप्राबासीहरु पोल्याण्डका सीमामा फसेका छन् ।
मानव अधिकार कार्यकर्ताहरुका अनुसार बेलारुसबाट पोल्याण्डमा शरण लिन हिंडेका उनीहरुलाई पोल्याण्डले स्वीकार नगरेको र बेलारुसले पनि फिर्ता हुन अनुमती नदिएपछी सीमामा फसेका हुन ।
बिगत ३ दिनदेखि फसेका आप्राबासीहरुमा अधिकांश महिला र केटाकेटी रहेका छन् । गत वर्ष पोल्याण्डले आफ्नो देशमा शरण लिनेको संख्या बढेपछी आफनो सीमानामा १सय ९० किलोमिटर लामो पर्खाल लगाएको थियो ।
बेलारुसका राष्ट्रपति अलेक्जेण्डर लुकासेन्कोले युरोपेली संघले लगाएको प्रतिबन्धका कारण आफ्ना जनता शरणार्थीको रुपमा पोल्याण्ड प्रवेश गरेको भन्दै त्यसमा आफ्नो कुनै दोष नरहेको बताएका छन् । एजेन्सी
प्रतिक्रिया