अन्ततः रेशम चौधरी रिहा

काठमाडौं । टीकापुर घटनामा जन्मकैदको सजाय पाएका रेशम चौधरी रिहा भएका छन् । टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर तीनै तहको अदालतबाट जेल सजाय पाएका चौधरी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएसँगै छुटेका हुन् ।

चौधरीको स्वागतका लागि श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीसहित पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकहरु डिल्लीबजार कारागार पुगेका थिए । तर सामाजिक सञ्जालमा भने सरकारले यस निर्णयको चौतर्फी विरोध भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर