मंगोलियन हार्टले १० वर्षपछि सांगितिक यात्रा गर्दै

काठमाडौं । नेपालको पुरानो र चर्चित ब्यान्ड ‘मंगोलियन हार्ट’ले १० वर्षपछि अष्ट्रेलियामा सांगितिक यात्रा गर्ने भएको छ ।
नेपाली टच अष्ट्रेलियाको व्यवस्थापनमा अष्ट्रेलियाको विभिन्न ८ शहरमा ब्यान्डले आफ्नो सांगितिक प्रस्तुति दिने भएको हो । अप्रिल १० बाट म्यूजिकल टुर सुरु हुने ब्यान्डका म्यानेजर एवम् गितारिस्ट बबि लामाले बताए ।
टुर व्यवस्थापक नेपाली टच अष्ट्रेलियाका सिइओ दिपेश पुनका अनुसार ब्यान्डको पहिलो सांगितिक प्रस्तुत १० तारिखमा मेल्बर्न शहरमा हुनेछ । त्यसपछि १३ ताखिरमा ब्रिस्बेन, १५ मा सिड्नी, १६ मा केन्बेरा, २३ मा डार्विन, २३ मा पर्थ, २९ मा होबर्टहुँदै ३० तारिखमा एडलेडमा पुगेर टुंगिनेछ ।
३० वर्षअघि सन् १९९२ मा स्थापना भएको यो ब्यान्डबाट चर्चामा आएका गायक हुन्, राजु लामा । लोक, स्लो रक, पप मेलोडी संगीतका लागि प्रिय रहेको यो ब्यान्डको रिदम गीतारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गीतारमा किरन नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् ।
ब्यान्ड यात्राको ३० वर्ष पुगेको अवसरमा अष्ट्रेलिया टुर गर्न पाउँदा उत्साहित रहेको ब्यान्डका फ्रन्ट म्यान गायक लामाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर