विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप

विराटनगर । कोशी प्रदेशको नाम खारेजीको माग राख्दै प्रदर्शनमा उत्रिएका पहिचानवादी र प्रहरीबीच झडप भएको छ। विराटनगरस्थित प्रदेशसभा अगाडि प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा सुरु गरेपछि झडप भएको हो।

प्रदेशसभा भवन अगाडि प्रहरीले राेकेपछि प्रदर्शनकारीले ढुंगामुढा गरेका थिए। प्रदेश सभा छेउको निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले रोक्न खोजेको थियो। त्यसक्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। त्यसपछि प्रहरीले भिड तितरवितर पार्न अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेको छ। झडपको अवस्थालाई ध्यान दिँदै बाक्लो मात्रामा सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ।

आज कोशी प्रदेशसभाको बैठक बोलाइएको छ । अहिले कोशीसभा सचिवालय अगाडि झडप भइरहेको छ। विराटनगरको स्थिति तनावग्रस्त छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर