अभिनेत्री बिपना थापा सम्मानित

काठमाडौं । अभिनेत्री बिपना थापाले ‘युग नायिका’ को उपाधिबाट सम्मनित भएकी छन् । काठमाडौँमा शनिबार आयोजित ‘स्पर्श म्युजिक भिडियो अवार्ड’ मा उनलाई यो उपाधि दिइएको हो ।

कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, नृत्य निर्देशक कमल राई र छायांकार राजु केसी लगायतले बिपनालाई उपाधि प्रदान गरेका थिए । “जन्मभूमि” बाट फिल्म अभिनयमा भित्रिएकी बिपनालाई धेरै फिल्ममा देख्न सकिन्छ । विवाहपछि भारतमा बस्दै आएकी बिपना सम्मानका लिनकै भनेर बिहीबार नेपाल आएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर