नयाँ संसद भवनको उद्घाटन प्रधानमन्त्री मोदीले गर्दै

काठमाडौं । भारतको नयाँ संसद भवनको उद्घाटन प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबारले गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री मोदीले आइतबार एक विशेष समारोहकाबीच संसद भवनको उद्घाटन गर्नुहुनेछ ।

उद्घाटन समारोहमा २५ राजनीतिक दलका नेताहरु उपस्थित हुनेछन् भने विपक्षी २० दलले उद्घाटन समारोह बहिष्कार गर्ने बताएका छन् ।

भारतको नयाँ संसद भवनमा लोकसभाका ८ सय ८८ र राज्यसभाका ३ सय ८४ सदस्यका लागि ठाउँ हुनेछ । संसद भवन ६४ हजार ५ सय वर्गमिटर क्षेत्रफलमा फैलिएको छ ।

यसैबिच, नयाँ संसद भवन उद्घाटनको अवसरमा ७५ रुपैयाँको सिक्का सार्वजनिक गरिने भएको छ । ‘संसद् परिसर’ लेखिएको उक्त सिक्का नयाँ संसद् भवनको तस्बिरसहितको हुनेछ ।

भारतको अर्थ मन्त्रालयले जारी गरेको सूचनाअनुसार उक्त सिक्का गोलाकार हुनेछ । यसको व्यास ४४ मिलिमिटर हुनेछ । सिक्कामा ५० प्रतिशत चाँदी, ४० प्रतिशत तामा, ५ प्रतिशत निकेल र पाँच प्रतिशत जस्ता मिश्रित धातु हुनेछ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर