रुसको निर्णय : आफ्नो देशमा काम गर्ने जर्मन नागकिरलाई निकाल्ने
काठमाडौं । रुसले आगामी महिना आफ्नो देशको शिक्षा र सांस्कृतिक क्षेत्रमा काम गर्ने जर्मन नागकिरलाई निष्कासन गर्ने निर्णय गरेको छ ।
जर्मन विदेश मन्त्रालयका अनुसार रुसले मस्कोको विभिन्न विद्यालयमा शिक्षकका रुपमा कार्यरत कर्मचारी हटाउने निर्णय गरेको हो ।
गत महिना रुस र जर्मनीले आ–आफनो दुताबासका ४० जना कर्मचारी निस्कासन गरेका थिए । रुस र युक्रेनबीचको युद्ध सुरु भएयता युरोपेली संघमा आवद्ध राष्ट्रहरुले रुसी कुटनितिज्ञलाई देश निकाला गरेपछी रुसले पनि आफना देशमा कार्यरत विदेशी कर्मचारीलाई निस्कासन गर्ने कदम चालेको हो ।
केही दिन अघि जर्मन चान्सलर ओलाफ स्कोल्जले युक्रेनलाई हतियार पठाउने निर्णय गरेपछी जर्मनीको विदेश नितीमा प्रभाव परेको थियो । एजेन्सी
प्रतिक्रिया