माओवादी सांसद दाहालको अभिव्यक्ति डिलिट गरियो

काठमाडौंं। नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गत जेठ १० गते प्रतिनिधिसभा बैठकमा बोलेका शब्दहरू संसदको रेकर्डबाट हटाइएको छ।

शनिबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले दाहालले संसदमा प्रस्तुत गरेको ‘स्वास्थ्य सामाग्रीको २ अर्बको भ्रष्टाचार र पशुपतिनाथको काठमाडौ. । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले “जलहरि लगाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचारहरु” भन्ने शब्द संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।

प्रतिनिधिसभाको शनिबार बसेको बैठकमा जलहरि विवादलाई पटाक्षेप गर्दै सभामुख घिमिरेले भने, ‘मिति २०८० जेठ १० गते आर्थिक वर्ष २०८०–०८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा माननीय सदस्य लेखनाथ दाहालले प्रयोग गर्नुभएको विचारहरुभित्र स्वास्थ्य सामग्रीको दुई अर्बको भ्रष्टाचार र पशुपतिनाथको जलहरि लगाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचारहरु भन्ने शब्द संसदको अभिलेखबाट हटाउन म सचिवालयलाई निर्देशन गर्दछु।’

सिन्धुली जिल्लाबाट निर्वाचित सांसद दाहालले पशुपतिनाथको जलहरि लगाउँदा तत्कालीन सरकारले सुनको सट्टा ‘पित्तल’ लगाएर भ्रष्टचार गरेको आरोप लगाएका थिए। उक्त टिप्पणीप्रति आपत्ति जनाउँदै शुक्रबारको संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध

जनाएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर