अमेरिकामा दीपावलीका दिन बिदा दिन विधेयक पेश

काठमाडौं । एकजना प्रख्यात अमेरिकी सांसदले दीपावली (तिहार) का दिन देशभर संघीय बिदा मनाउन विधेयक दर्ता गरेका छन् । संसदमा विधेयक पेश गरी दीपावलीलाई संघीय बिदाको रूपमा घोषणा गर्ने प्रस्ताव गरेका छन् ।

दीपावली विश्वभरका अर्बौं मानिसहरू र न्यूयोर्क र अमेरिकाका अनगिन्ती परिवार र समुदायहरूका लागि वर्षको सबैभन्दा महत्त्वपूर्ण दिनहरू मध्ये एक हो, कांग्रेसकी ग्रेस मेङले शुक्रबार संसदमा विधेयक पेश गरेपछि डिजिटल पत्रकार सम्मेलनमा बताइन्।

दीपावली विधेयक संसद र राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐन बन्नेछ । यदि यसो भयो भने, दीपावलीको बिदा अमेरिकामा १२ औं संघीय बिदा हुनेछ। (एजेन्सी)(तस्बिरः दीपावलीको अवसरमा दीप प्रज्वलन गदै अमेरिकी राष्ट्रपति बाइडेन)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर