पाकिस्तानमा इमरान खान समर्थित दुई पत्रकार बेपत्ता

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सार्वजनिक रूपमा समर्थन गर्ने एक प्रख्यात टेलिभिजन पत्रकार बेपत्ता भएका छन् । यो जानकारी प्रहरी, पत्रकारको परिवार र उनको च्यानलले दिएको हो । सामी इब्राहिम बेपत्ता भएको जानकारी प्रहरीको ट्विटबाट बुधबार राति पहिलो पटक बाहिर आएको हो ।

उनको परिवार र कराँचीस्थित स्वतन्त्र च्यानल बोल टेलिभिजनले बिहीबार उनलाई अपहरण गरिएको दाबी गरेको थियो। इब्राहिमले लामो समयदेखि इमरान खानपछि प्रधानमन्त्री बनेका शहबाज सरिफको सरकारको सार्वजनिक रूपमा विरोध गर्दै आएका छन्। बोल टिभीले बुधबार इब्राहिमलाई अज्ञात व्यक्तिले आफूसँगै लगेको दाबी गरेको छ ।

इब्राहिमका भाइ अलि रजाले कामबाट घर फर्किंदै आफ्नो भाइको कारलाई चारवटा गाडीमा सवार आठजनाले रोकेर लगेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । उनका चालकलाई भने कुनै क्षति भएको छैन । इब्राहिम बेपत्ता हुनुभन्दा दुई साताअघि, अर्का खान समर्थक टिभी पत्रकार इमरान रियाज बेपत्ता भएका थिए। पाकिस्तानी प्रहरीले उनलाई हिरासतमा लिएको अस्वीकार गरेको थियो। (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर