प्रधानमन्त्री प्रचण्ड र एमालेका नेताहरूबीच वार्ता हुँदै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा गरेको अवरोधले सरकारका नीति तथा कार्यक्रम पारित गर्ने कार्यक्रम प्रभावित हुने भएसँगै प्रधानमन्त्री प्रचण्डले एमालेसँग वार्ता गर्ने भएका छन् ।

आज शनिबार बिहान साढे ८ बजे सिंहदरबारमा छलफलका लागि प्रधानमन्त्री प्रचण्डले एमाले नेताहरूलाई बोलाएका छन्  । संसदको अवरोध खुलाउन प्रमुख सचेतकको तहमा शुक्रवार दिनभर भएको प्रयास विफल भएपछि प्रधानमन्त्री स्वयंले अग्रसरता लिएका हुन् ।

नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिमा सुनको जलहरि राख्ने क्रममा तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट घोटाला भएको भन्ने खालको अभिव्यक्ति दिएको विरोधमा एमालेले शुक्रवार प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर