सेनाले हतियार खरिद गर्न थाल्यो भन्ने प्रचार दुष्प्रचार हो : प्रधान सेनापति शर्मा

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनासँग आवश्यक हतियार पर्याप्त रहेको बताउँदै नयाँ हतियार खरिद गर्नेबारे कुनै सोचाई नभएको स्पष्ट पारेका छन् । बताउनुभएको छ।

अन्तर्राष्ट्रिय शान्ति सेना दिवसको अवसरमा आयोजना गरिएको विशेष समारोहपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सेनापति शर्माले भने, नेपाली सेनालाई हतियार खरिद गर्नुपर्ने जरुरी नरहेको स्पष्ट पार्नुभयो। सेनापति शर्माले भन्नुभयो, ‘‘हामीसँग आवश्यक हतियार पर्याप्त छन्, नयाँ हतियार खरिद गर्नुपर्ने कुनै जरुरी नै छैन।’’ केही दिन यतादेखि नेपाली सेनाले ६ अर्बभन्दा बढीको चिनियाँ हतियार खरिद गर्दैछ भन्ने समाचार बाहिर आएको थियो ।

उनले भने, “नियोजित रुपमा सेनाले हतियार खरिद गर्न थाल्यो भनेर दुष्प्रचार भइरहेको छ । सेनालाई आवश्यक नै नभएका हतियार खरिद गर्न थाल्यो भन्ने दुष्प्रचारको पछाडि कुनै नियोजित स्वार्थ लुकेको हुन सक्नेछ ।”

नेपालको कानसअनुसार हतियार खरिद गर्ने भए त्यसको औचित्य पुष्टि हुनेगरी अवधारणापत्र तयार गरी रक्षा मन्त्रालयमा पेश गर्नेछ। रक्षा मन्त्रालयले त्यस्तो आवश्यकता देखेमा नेपाल सरकार, मन्त्रिपरिषदमा पेश गरी निर्णय गराउनुपर्छ। प्रधान सेनापति शर्माले नेपाली सेना, रक्षा मन्त्रालय तथा नेपाल सरकारबीच हतियार खरिद गर्ने बारे कुनै छलफलसमेत नभएको प्रस्ट पारे ।

उनले भने, ‘‘कुनै स्वार्थ समूहको योजनालाई प्रश्रय हुनेगरी नेपाली सेनाले हतियार खरिद गर्न थाल्यो भनेर दुष्प्रचार भइरहेको छ। हतियार खरिद गर्न सेनासँग आवश्यक न त बजेट छ, न त कुनै योजना नै बनेको छ। हामीसँग आवश्यक हतियार रहेकाले थप हतियार खरिद गर्नुपर्ने कुनै जरुरी नै छैन।’’

छिमेकी मुलुकको नाम जोडेर सेनाले हतियार खरिद गर्न बैङ्किङ प्रक्रिया अघि बढाएको भन्ने प्रचारबाजीलाई सम्बन्धित पक्षले पुष्टि गर्नसमेत उनले चुनौती दिए । सेनापति शर्माले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका लागि आवश्यक स्पेयर पार्टस्बाहेक नयाँ हतियार तथा बख्तरबन्द जस्ता सैन्य हतियार र उपकरण खरिद गर्ने कुनै सोचाईसमेत नभएको उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर