जलहरिमा भ्रष्टाचार भयो भन्नु बकबास र जँड्याँहाले पनि नबोल्ने कुरा : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपथिनाथमा जलहरि राख्ने विषयमा भ्रष्टाचार भयो भन्नु बकबास र जँड्याँहाले नबोल्ने कुरा भएको बताएका छन् ।
पार्टीद्वारा ललितपुरको च्यासलमा शुक्रबार आयोजित अनुशिक्षणमा अध्यक्ष ओलीले भने, ‘अस्तिका दिनमात्रै एकजना माओवादी सांसदले रोष्ट्रममा उभिएर बोल्दा बोल्दा, कोभिडको औषधिमा दुई अर्ब केपी ओलीले खायो, कहाँ गयो त्यो पैसा? पशुपतिमा सुनको जलहरि चढाउँछु भनेर पित्तलको जलहरि हालेर भ्रष्टाचार गर्‍यो भनेर बोले । हुनैपर्छ संसद अवररुद्ध, किनभने यस्तो बकवास, जँड्याहाँले जाँड खाएको तालमा पनि त्यस्तो कुरा बोल्दैन।’

‘दुई अर्ब पैसामा खायो भन्ने, त्यसको कि त पुष्टि हुन पर्‍यो? पुष्टि हुने त कुनै सम्भावना छैन,’ उनले भने, ‘नेकपा एमाले, त्यसमा पनि केपी ओली जसले जिन्दगीभरि भ्रष्टाचारविरुद्धमा अभियान चलाएर आएको छ। त्यही मानिसकोविरुद्ध यो त इमानका शत्रुहरूले गर्ने काम हो । देशद्रोही तत्वहरूले गर्ने काम हो।’

उनले देशका कोही इमान्दार छैनन् भन्ने तथ्य स्थापित गरेर देशप्रति नै वितृष्णा जगाउने र प्रकारान्तरले देशद्रोही काम भएको बताए। उनले नक्कली भुटानी शरणार्थी प्रकरणको निशाना एमालेलाई बनाइएको पनि बताए।

‘नेपालीहरूलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने खालको धन्दामा केही व्यक्ति सामेल रहेछन्। अहिले म को यसमा संलग्न, के छ ? अदालतका केश छ, यसमा म धेरै भन्न चाहँन्न। तर, यसमा सम्पूर्णरूपमा बाढीचाहिँ एमालेतर्फ खन्याउन खोजियो’, उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर