रेशम चौधरीलाई आममाफी नदिन निवेदन

काठमाडौं । टीकापुर घटनाका पीडितले रेशम चौधरीलाई आममाफी नदिन  राष्ट्रपति कार्यालयमा निवेदन दिएका छन्। सरकारले चौधरीलाई गणतन्त्र दिवसका अवसरमा जेठ १५ गते आममाफी दिएर रिहा गर्न लागेको भन्दै पीडित शारदा कडायत बोहराले निवेदन दिएकी हुन्।

निवेदक कडायत टीकापुर हत्याकाण्डमा मारिएका प्रहरी निरीक्षक (इन्सपेक्टर) केशव बोहोराकी पत्नी हुन्। तीन तहको अदालतले दोषी ठहर गरेको व्यक्तिलाई आममाफी दिएर पीडितलाई थप चोट दिन नहुने भन्दै निवेदन दिएको शारदाले बताएकी छन्।

२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा थरुहटको माग राख्दै भएको प्रदर्शनमा एसएसपी लक्ष्मण न्यौपाने, इन्सपेक्टर बोहरासहित ८ सुरक्षाकर्मी र एक बालक गरी ९ जना मारिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर