एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठकमा अवरोध उत्पन्न गरेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तलको जलहरि हालेको आरोप लगाएको भन्दै एमालेले संसद अवरोध गरेको हो । यसअघि प्रतिनिधिसभामा बोलेका नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमालेप्रति लक्षित गर्दै पशुपतिमा सुनको जलहरि राख्ने भनेर पित्तलको जलहरि राखी भ्रष्टाचार गरेको आरोप लगाएका थिए।

त्यसपछि एमाले सांसदहरू बसेका ठाउँबाट पुनः उठेका थिए। एमाले सांसदहरूले यसबारे सरकारले जवाफ राख्नुपर्ने मागसमेत गरेका छन्।त्यसपछि एमाले सांसदहरू बसेका ठाउँबाट पुनः उठेका छन्। एमाले सांसदहरूले यसबारे सरकारले जवाफ राख्नुपर्ने मागसमेत गरेका छन्।

सभामुखले माओवादी प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएपछि एमाले सांसदहरूले वेल घेरेर नाराबाजीसमेत गरेका थिए।
सभामुख देवराज घिमिरेले विषयवस्तुले सदनमा प्रवेश पाइसकेको बताउँदै बैठक सुचारु गर्न सहयोगको आग्रह गरे पनि एमालेका सांसद वेल घेराउ गर्न थालेपछि सभामुख घिमिरेले २० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर