पन्जाबको लगातार दोस्रो जित

काठमाडौं । पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग आईपीएल २०२३ मा लगातार दोस्रो जित हात पारेको छ ।

लगातार दोस्रो जित हासिल गर्नेक्रममा पन्जाबले राजस्थान रोयल्समाथि पाँच रनको रोमान्चक जित हात पारेको हो ।

बुधबार राती गुवाहाटिमा भएको खेलमा राजस्थान पाँच रनले पराजित भएको हो ।

पन्जाबले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९२ रन बनाउन सक्यो ।

राजस्थानका कप्तान सन्जु सामसनले २५ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४२ रन बनाए ।

शिम्रन हेटमायर १८ बलमा ३६ रन बनाउँदा ध्रुब जुरेल १५ बलमा ३२ रनमा अविजित रहे । देवदत्त पाडिक्कल २१ र रियान पराग २० रनमा आउट भए ।

पन्जाबका तीव्र गतिका बलर नाथन एलिसले ४ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए । अर्शदीप सिंहले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९७ रन बनाएको थियो ।

पन्जाबका लागि कप्तान शिखर धवन र प्रभसिमरन सिंहले अर्धशतकीय ईनिङ खेले । कप्तान धवनले ५६ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक ८६ रनको अविजित इनिङ खेले ।

अर्का ओपनर सिंह ३४ बलमा ७ चौका र ३ छक्कासहित ६० रनमा आउट भए ।

पहिलो विकेटका लागि धवन र सिंहले ९० रनको साझेदारी गरेका थिए । जितेश शर्मा २७ तथा साहरुख खान ११ रनमा आउट भए ।

राजस्थान रोयल्सका जेसन होल्डरले २ तथा रविचन्द्रन आश्विन र युजभेन्द्र चहलले समान १-१ विकेट लिए ।

लगातार दोस्रो जित हात पारेको पन्जाब २ खेलबाट ४ अंकका साथ १० टोली सहभागी लिगको दोस्रो स्थानमा रहेको छ।

दोस्रो खेलमा पहिलो हार व्यहोरेको राजस्थान २ अंक सहित चौथो स्थानमा रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर