शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (१२ जेठ २०८०, शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। शुक्रबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ०९पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १४१ रुपैयाँ ६५ पैसा छ भने बिक्री दर १४२ रुपैयाँ ३० पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६३ रुपैयाँ २४ पैसा छ भने बिक्री दर १६३ रुपैयाँ ९८ पैसा छ। अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ २४ पैसा छ भने बिक्री दर ८६ रुपैयाँ ६३ पैसा छ। क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ १३ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ५७ पैसा छ।

सिंगापुर डलर १ को खरिद दर ९७ रुपैयाँ ६३ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ०७ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ४६ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ५१ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ६९ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ७७ पैसा छ।

साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ २२ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ३८ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ २३ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ३९ पैसा छ। यूएई दिराम १ को खरिददर ३५ रुपैयाँ ९७ छ भने बिक्री दर ३६ रुपैयाँ १३ पैसा छ।

मलेसियन रिङ्गिट १ को खरिददर २८ रुपैयाँ ५६ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६९ पैसा छ। साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९५ पैसा छ भने बिक्री दर १० रुपैयाँ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर