सरकारको नीति तथा कार्यक्रम आज पारित हुँदै

काठमाडौँ । प्रतिनिधिसभाको आज बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारकारको वार्षिक नीतितथा कार्यक्रममा छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने भएका छन् । प्रधानमन्त्रीको जवाफका साथसाथै सरकारको नीति तथा कार्यक्रम पारित हुनेछ ।

आज पनि नीति तथा कार्यक्रममा सांसदहरूले आ–आफ्नो धारणा व्यक्त गरिसकेपछि छलफल समाप्त हुनेछ। राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते दुबै सदनको संयुक्त बैठकमा उक्त नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । यसअघि संसद्को माथिल्लो सदन राष्ट्रियसभाबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतबाट पारित गरिसकेको छ ।

राष्ट्रियसभाको गत मंगलबार बसेको बैठकमा उक्त नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत हुँदा हुन्छ भन्ने सांसदहरूको बहुमत रहेकाले पारित भएको अध्यक्षले घोषणा गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर