जन्मकैद तोकिएका रेशम चौधरीलाई आममाफी दिने सरकारको तयारी

काठमाडौं । टीकापुर घटनाका दोषी र तीनै तहको अदालतबाट जन्मकैदको सजाय भएका रेशम चौधरीलाई सरकारले आममाफी दिने तयारी गरेको छ।

गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिले दिने आममाफीमा यसपालि चौधरीलाई पनि समेट्न प्रस्ताव राष्ट्रपति कार्यालय पुगेको बताइन्छ ।

राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरले रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव बुधबार राष्ट्रपति कार्यालय आइपुगेको जानकारी दिए।

गृहमन्त्रालयको प्रस्ताव मंगलबार साढे २ बजेतिर राष्ट्रपति कार्यालयमा पुगेको हो। फाइल निकै ठूलो छ। आज विदा भएकाले त्यसमा केही भएन, भोलिदेखि अध्ययन हुन्छ’, कुँवरले भने। राष्ट्रपति पौडेलले गृहको यो सिफारिसमा कानुनविद्हरूसँग सल्लाह गर्ने तयारी गरेका छन्।

संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था छ ।

स्मरणीयछ, २०७२ भदौ ७ गते टीकापुरमा भएको प्रदर्शनले हिंसात्मक रूप लिँदा आठ जना प्रहरी र एकजना दूधे बालकको ज्यान गएको थियो। घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, हवल्दार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद, सहायक हवल्दार रामबिहारी चौधरी र प्रहरी जवान जनक नेगी मारिएका थिए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर