लाइपजिगसँग २-० ले पराजित हुँदै डर्टमण्ड बाहिरियो

काठमाडौं । बोरुसिया डर्टमण्ड जर्मन कप फुटबलको क्वाटरफाइनलबाट बाहिरिएको छ ।

बुधबार राति आरबी लाइपजिगसँग २-० ले पराजित हुँदै डर्टमण्ड बाहिरिएको हो ।

लाइपजिगलाई जित दिलाउन टिमो वेर्नेर र विलि ओर्बानले एक एक गोल गरे ।

खेलको २२ औं मिनेटमा वेर्नेरले गोल गर्दै लाइपजिगलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा विलिले गोल गर्दै लाइपजितको जित पक्का गरे ।

यस जितसँगै लाइपजिग जर्मन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एजेन्सी

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर