कीर्तिमानी आरोही कामिरिता शेर्पाको काठमाडौंमा भव्य स्वागत

काठमाडौं । सगरमाथा आरोहणमा नयाँ कीर्तिमान कायम गरेका कामिरिता शेर्पाको संघीय राजधानी काठमाडौंमा भव्य स्वागत अभिवादन गरिएको छ । उनको यस पटक २८औँ सगरमाथाको सफल आरोहण हो। सगरमाथाको सफल आरोहण गरेर बिहीबार बिहान ९ः२३ बजे काठमाडौँ आएका कामिरिताको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्न घुइँचो लागेको थियो ।

उनले यसअघिको सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने आफ्नै कीर्तिमान तोडेका छन् । यो वर्षको वसन्त ऋतुमा उनको यो दोस्रो पटकको आरोहण हो । यसअघि जारी सिजनमा यही मे १७ मा उनले २७औँ पटक सगरमाथा आरोहण गरेका थिए ।

कामिरिताले सन् २०२२ को वसन्त आरोहणमा रोप फिक्सिङका क्रममा २६औँ पटक सगरमाथाको आरोहण गरेका थिए । खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामिरिताले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठ पटक चोयु, तीन पटक मनास्लु, एक पटक ल्होत्से, केटु आरोहण एक गरी ४० पटक विश्वका अग्ला हिमालको आरोहण गरिसकेका छन् ।

यस्तै, सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामिरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर