राजदूत शर्मा र भारतीय विदेश मन्त्रीबीच भेटवार्ता

काठमाडौं ।  भारतका लागि नेपाली राजदूत शंकर शर्माले भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन्।

राजदूत शर्माले सामाजिक सञ्जालमार्फत् विदेशमन्त्री जयशंकरको कार्यकक्षमा बिहीबार भएको भेटबारे जानकारी दिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण अर्को साता हुँदै छ। भारत भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते नयाँ दिल्ली प्रस्थान गर्ने तयारी छ। भेटमा दुबै जनाले आगामी दिनमा नेपाल भारत सम्बन्धलाई झन् गहिरो र मजबुत बनाउने इच्छा र प्रतिवद्धता व्यक्त गरेको राजदूत शर्माले उल्लेख गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर