स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं । देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

बिहीबार दिउँसो कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी पहाडी भूभागलगायत सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।

कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ।

राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर