आज सिथि नख : पार्वती पुत्र कुमारको पूजाआजा गरिँदै

काठमाडौं । नेवार सम्प्रदायले आज (बिहीबार) सिथि नख पर्व मनाएका छन्। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल पक्ष षष्ठीको दिन मनाइने यस पर्वमा विषेशगरी शिव पार्वती पुत्र कुमारको पूजा गर्ने चलन छ। सिथि नखका दिन नेवार समुदायले पानीको मुहान, इनार, कुवाँ, पोखरी, धारालगायत पानीको स्रोत सरसफाइ गर्दछन्।

बर्सात्को बेला बगेर आउने भेल र फोहोर पानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनी पानीको मुहान र स्रोत वरिपरिसमेत सरसफाइ गरी निकास खोल्नु यसको कुमार षष्ठी विशेषता हो। आज भगवान् कार्तिकेयको जन्म दिनसमेत भएकाले यस दिन नेवार समुदाय (कार्तिकेय) कुमारको पूजा गरी मास, मुगी, केराउलगायत दलहनबाट बनेका विशेष प्रकारको पकवान बारा खाने र खुवाउने परम्परा रहेको छ। यो पर्वसँगै वर्षा सुरु हुने र सिन्या ज्याः अर्थात् रोपाइँ कार्य सुरु हुने गर्दछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर