नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका ३० जनाविरुद्ध ठगी मुद्दा दर्ता

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध सरकारी वकिलको कार्यालयले बुधबार अपराह्न जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ।

प्रहरीले पठाएको रायमा सरकारी कीर्ते र एकीकृत कसुर थपिएको सरकारी वकिलको कार्यालयले जनाएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुविरुद्ध ५ वटा ठगी, सरकारी कागजात कीर्ते, राष्ट्रहित विरुद्धको कसूर र संगठित अपराध कसुरमा मुद्दा दर्ता गरिएको बताइएको छ ।

यो प्रकरणमा एमाले नेता तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, कांग्रेसका नेता बालकृष्ण खाँण, पूर्वसभासद आङटावा शेर्पा, गृहमन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलगायत ३० जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो । मुद्दा दर्ता गरिएकामध्ये १६ जना पक्राउ परेका छन् भने १४ जना फरार छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर