नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई ठगी मुद्दा

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका ३२ जनालाई ठगीसम्बन्धी मुद्दा चलाउने निर्णय गरेको छ ।

भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भनी विभिन्न व्यक्तिलाई ठगी गरेको प्रकरणमा अनुसन्धान गरी प्रहरीले पेश गरेको प्रतिवेदनको अध्ययन गरेपछि सरकारवकिल उक्त निर्णमा पुगेको हो ।

 

प्रहरीले दुई दिनअघि पठाएको प्रतिवेदनमा मुद्दा चलाउने निर्णय भएको र आजै दर्ताको प्रक्रियामा रहेको उक्त कार्यालयका प्रवक्ता तथा जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेले जानकारी दिए।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर