नेप्से दोहोरो अंकले बढेर बन्द

काठमाडौं । साताको कारोबारको चौथो दिन आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से १६.४९ अंकले बढेर एक हजार ९ सय ५९ दशमलब १२ विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ५१.३१ अंकले बढेर एक हजार ९ सय ४२ दशमलब ६३ विन्दुमा बन्द भएको  थियो ।

शेयरबजार बढे पनि कारोबार रकम भने घटेको छ । आज एक अर्ब ८७ करोड ३० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार दुई अर्ब २० करोड २३ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका १३१ कम्पनीको शेयरमूल्य बढेको छ भने ८३ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १५०३ रुपैयाँ पुगेको छ । त्यस्तै, युनिलिभर नेपाल लिमिटेडको शेयर मूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता ३० हजार ७९० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार सानिमा इक्विटी फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको आज १४ करोड ६४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर