एक मन्त्री र राज्यमन्त्रीको शपथ ग्रहण

काठमाडौं । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवनमा बुधबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट वातावरण मन्त्री महतोले  पद तथा गोपनीयताको शपथ लिएका हुन् । यसैगरी, प्रमिलाले शिक्षा राज्यमन्त्रीको रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट पद तथा गोपनीयताको शपथ लिए । महतो र प्रमिला जनता समाजवादी पार्टी नेपालका तर्फबाट मन्त्री नियुक्त भएको हो । यसअघि नै अशोककुमार राई जसपाबाट शिक्षा मन्त्री छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर