अमेरिकामा अर्को वर्ष हुने राष्ट्रपति निर्वाचनको लागि उम्मेदवारी घोषणा सुरु

काठमाडौं । अमेरिकामा अर्को वर्ष हुने राष्ट्रपति निर्वाचनको लागि रिपब्लीकन पार्टीबाट उम्मेदवारी घोषणा गर्नेहरु बढ्न थालेका छन् ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिँदै फ्लोरिडाका गभर्नर रोन डिस्यान्टीसले बुधबार उम्मेदवारी घोषणा गर्ने भएका हुन् ।

डिस्यान्टीसले स्थानिय समय अनुसार बुधवार साँझ ट्वीटरमार्फत उम्मेदवारी घोषणा गर्नेछन् । ट्वीटरका सीईओ एलन मस्कसँग अनलाइन उपस्थितिमा डिस्यान्टीसले आफ्नो दावेदारी प्रस्तुत गर्दैछन् ।

४४ वर्षीय डिस्यान्टीसलाई रिपब्लिकन पार्टीको मनोनयनका लागि पूर्व राष्ट्रपति ट्रम्पका प्रमुख प्रतिद्वन्द्वीका रूपमा हेरिन्छ । रिपब्लीकन पार्टीको राष्ट्रिय जनमतमा ट्रम्प आफ्ना अन्य प्रतिस्पर्धीहरुभन्दा ३० अंकले अगाडि छन् ।

रिपब्लिकन मतदाताहरूले आगामि फेब्रुअरीमा सुरु हुने प्राथमिक चुनावमार्फत आफ्नो पार्टीबाट राष्ट्रपतिको आधिकारिक उम्मेदवार छान्नेछन् । डेमोक्रेटिक पार्टीबाट भने वर्तमान राष्ट्रपति जो बाइडेन नैं उम्मेदवार बन्ने बताईएको छ ।

अमेरिकामा नोभेम्वर २०२४ मा राष्ट्रपति पदको निर्वाचन हुँदैछ ।एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर