सङ्घीय संसद्को संयुक्त बैठक आज बस्दै

काठमाडौँ । सङ्घीय संसद्को संयुक्त बैठक आज अपराह्न बस्दैछ । सङ्घीय संसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न संयुक्त बैठक बस्न लागेको हो । सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले सूचना निकालेर सङ्घीय संसद्को संयुक्त बैठक आह्वान भएको जानकारी दिए ।
महासचिव गौतमद्वारा जारी सूचना अनुसार आज (बुधबार) दिउँसो ४ बजे संयुक्त बैठक बोलाइएको छ । बैठकमा संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा सभामुख देवराज घिमिरेले सङ्घीय संसद्को संयुक्त बैठक आह्वानबारे जानकारी गराएको थियो। सो सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ । प्रतिनिधिसभाको बैठक भने आज बिहान ११ः०० बजे बस्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर