चीन भ्रमण चीनकै कारणले रोकेको हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत मार्च २८ देखि ३१ सम्म चीनको बोआओमा हुने बोआओ फोरममा नेपालको सहभागिता चिनियाँ कारणले रोकिएको बताएका छन्।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रको छलफलको क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रचण्डले उक्त कुरा बताएका हुन्। ‘चीनले बोआओ फोरममा निम्ता गरेको हो। तर त्यहाँ हामी नजाने भन्ने निर्णय हामीले गरेको होइन,’ प्रचण्डले भने।

नेपालमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन र गठबन्धनको अस्थिरताले गर्दा चीनले नै प्रस्ताव गरेर उक्त फोरममा सहभागी हुन स्थगित भएको प्रधानमन्त्रीले दाबी गरेका छन्।

‘बरु चिनियाँ राजदूतले नै यहाँको राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको दबाब, गठबन्धन बन्ने र भत्किने प्रकृया देखेपछि सरकारको अप्ठ्यारो बुझेर अहिले निकै अवस्था अप्ठ्यारो देखिएको छ, तपाईं त बोआओ सम्मेलनमा जाने स्थिति देखिहरहेका छैनौं। अलि पछि गरौं कि चीन भ्रमण भनेपछि मैले उहाँलाई तपाईंहरुले यहाँको मर्का बुझ्दिनु भयो धन्यवाद भन्या मात्र हो,’ प्रचण्डले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर