फेरि पनि मुद्दामा घिसार्न खोजिएको छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फेरि पनि आफूलाई नागरिकता मुद्दामा घिसार्न खोजिएको बताएका छन् ।

चितवनमा बुधबार भएको चुनावी सभामा उनले भने, ‘फेरि पनि मुद्दामा घिसार्न खोजिएको छ । बिहानै बेलुका पासपोर्ट र नागरिकता कति वर्ष चलाउने । गन्तव्यमा पुगेको मलाई लडाइयो । धुलो टकटक्याएर उठेको छु ।’

उनले चितवनमा गरेको चुनावी सभामा आफूहरुलाई सयदिनमात्र सरकार चलाउन दिए कस्तो मुलुक बनाउने भन्ने थाहा भएको बताए । ‘अहिले १० सिट भएको पार्टीलाई पनि सरकार चलाउन दिने सहमति भएको छ भन्ने सुनेको छु,’ लामिछानेले भने, ‘मात्रै सय दिन सरकार हामीलाई चलाउन दिनुस्, भ्रष्टाचारीलाई कसरी जेल पठाउने हामीलाई थाहा छ ।’

उनले रातारात देश बन्ने नभई कुनै पनि यात्रा तय गर्नुभन्दा पहिला इमान्दार भएर अघि बढ्नुपर्ने बताए । ‘सही मान्छे चयन गर्नु र सही मान्छे छान्नु हो । यो उपनिर्वाचन के का लागि हो मैले बुझेको छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर