वन क्षेत्रको दिगो व्यवस्थापन गर्न प्रधानमन्त्री प्रचण्डको जोड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वन क्षेत्रको दिगो व्यवस्थापन गर्न सके वार्षिक १३ लाख जनसङ्ख्याले प्रत्यक्ष रोजगार पाउन सक्ने बताएका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशनमा प्रधानमन्त्री प्रचण्डले वन व्यवस्थापनसम्बन्धी विभिन्न अध्ययनअनुसार हाल नेपालमा वार्षिक करिब छ करोड क्युफिट काठको आवश्यकता रहेकोमा वनको दिगो व्यवस्थापन गर्न सके सामुदायिक वनबाट मात्रै वार्षिक १० करोड ११ लाख क्युफिट काठ उत्पादन गर्न सकिने जानकारी दिएका हन् ।

‘‘यसबाट आन्तरिक आवश्यकता पूर्ति गरी बाँकी रहने करिब चार करोड क्युफिट काठ निर्यात गरी वार्षिक एक खरब २० अर्ब रुपैयाँभन्दा बढी आम्दानी गर्न सकिने तथ्याङ्कहरूले देखाएका छन् । प्रधानमन्त्री प्रचण्डले भने, ‘‘यसैगरी, वन क्षेत्रको दिगो व्यवस्थापन गर्न सकेमा वार्षिक १३ लाख जनसङ्ख्याले प्रत्यक्ष रोजगार पाउन सक्ने देखिन्छ । यसले हाल विभिन्न मुलुकबाट भइरहेको काठको आयातलाई प्रतिस्थापन गरी देशलाई काठ निर्यातको दिशामा अगाडि बढाउन सकिने देखिन्छ ।’’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर