हलिउड अभिनेता स्टिभेन्सनको निधन

काठमाडौं । हलिउड अभिनेता रे स्टिभेन्सनको निधन भएको छ । “आरआरआर ” “थोर” “डाइभर्जेन्ट” फिल्मसहित टिभी र एनिमेटेड सिरिजका दिग्गज अभिनेता स्टिभेन्सनको आइतबार ५८ वर्षको उमेरमा निधन भएको हो ।

यस्तै, उहाँ एसएस राजामौलीको निर्देशनमा बनेको फिल्म ‘आरआरआर’ का अभिनेताको रुपमासमेत चिनिनुहुन्छ । उहाँले यस दक्षिण भारतीय फिल्ममा स्टन बक्स्टन नामक खलपात्रको भूमिकामा अभिनय गरेका थिए । यसबाहेक उनलाई हलिउडको चर्चित मार्वल फिल्म ‘थोर’मा समेत देख्न सकिन्छ । उनी डिज्नी प्लसको आगामी फिल्म ‘अशोका’मा अभिनय गर्ने तयारीमा थिए ।
२५ मे १९६४ मा उत्तरी आयरल्याण्डको लिस्बर्नमा जन्मेका स्टिभेन्सनले १९९० को दशकको प्रारम्भमा युरोपेली टिभी शृंखला र टेलिफिल्मबाट कला यात्रा सुरु गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर