स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पक्राउ

काठमाडौं । स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । कपिलवस्तुको कृष्णनगर नगरपालिका २ लिङगेटबाट स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित पाल्पा घर भई बिगत २० वर्षदेखि भारत लखनउमा बस्दै आएकी ४० वर्षीया राधा सारुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट लिङगेटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा पैदलयात्री राधालाई उक्त भारतीय रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानको लागि रकमसहित राजश्व कार्यालय बुटवल पठाइएको छ ।

त्यस्तै, पर्साको वीरगंज महानगरपालिका १६ रजत जयन्ती चोकबाट स्रोत नखुलेको १ लाख ७३ हजार ९ सय भारतीय रुपैयाँसहित बारा कलैया उपमहानगरपालिका १८ मोतिसर टोल बस्ने ५४ वर्षीय मेहीलाल प्रसाद साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी इनार्वावाट खटिएको टोलीले भारत रक्सौलबाट वीरगंज बजारतर्फ आउँदै गरेको ना २ प १११३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक साहलाई उक्त भारतीय रुयाँसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर