डोल्पाको कान्जिरोबामा भूकम्प

काठमाडौं । हिजो शनिबार राति डोल्पा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जिल्लाको कान्जिरोबा भन्ने स्थानमा रहेको थियो । हिजो शनिबार राति ३ बजेर ६ मिनेटमा गएको भूकम्पको तीव्रता ४ म्याग्निच्युडको रहेको थियो । यसअघि शुक्रबार ११ बजेर ५३ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । सो भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर