गोरखाको बारपाकमा भूकम्प स्मृति दिवस

काठमाडौं । गोरखा भूकम्पको केन्द्रविन्दु बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा दिइएको छ । विस. २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको विनाशकारी भुूकम्पमा परी ज्यान गुमाएकाहरुको सम्झनामा स्मृति दिवसको अवसर पारेर पालिकाभित्र सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।

सार्वजनिक बिदाका दिन पालिका अन्तर्गतका सवै कार्यालय, वडा कार्यालय, शिक्षण तथा, स्वास्थ्य संस्था, गैह्रसरकारी संस्था लगायत बन्द रहने गाउँपालिकाले जनाएको छ । भूकम्प स्मृति दिवसको अवसरमा भूकम्पको केन्द्रविन्दु बारपाकस्थित हिमालय माध्यमिक विद्यालयको खेलमैदानमा गाउँपालिकाको आयोजनामा हिजै विशेष श्रद्धान्जली कार्यक्रमको आयोजना समेत गरिएको थियो ।

कार्यक्रममा भूकम्पका बेला खिचिएका फोटोहरु प्रर्दशनीसमेत गर्न लागिएको अध्यक्ष भट्टले जानकारी दिए । गोरखा भुकम्पमा परेर केन्द्रबिन्दु बारपाकमा मात्र ७२ जनाले ज्यान गुमाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर