प्रधानन्यायाधीश राउतको विदेश भ्रमण रद्द

काठमाडौं ।  प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अन्तिम समयमा आफ्नो विदेश भ्रमण रद्द गरेका छन्।

टर्कीका प्रधानन्यायाधीशको मैत्रीपूर्ण निमन्त्रणामा इस्तानबुल जान लागेका उनको भ्रमण रद्द भएको हो। उनी आज बिहान साढे १० बजे उड्ने कार्यक्रम तय भएको थियो। उनका साथमा सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेल पनि जाने कार्यक्रम थियो।

उनको विदेश भ्रमणका कारण महत्त्वपूर्ण मुद्दाहरूको सुनुवाइमा वाधा आइपरेको व्यापक गुनासो आएकाले सम्भवत: उनले आफ्नो यात्रा स्थगित गरेको अनुमान लगाइको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर