काश्मीरमा आतंकवादी हमलामा मृत्यु भएका सुदीपको शव नेपाल ल्याइँदै

रुपन्देही । भारतको काश्मीरमा मङ्गलवार भएको आतंकवादी हमलामा मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको शव आज बुटवल ल्याएर अन्त्येष्टि गरिने भएको छ ।

आमा बहिनी र ज्वाइँसहित घुमघामका लागि काश्मीरगएका बुटवलका युवा सुदीप न्यौपानेको उक्त हमलामा ज्यान गएको थियो । आतंककारीहरूले पर्यटकलाई लक्षित गर्दै गरिएको हमलामा उनी पनि मारिएका हुन् ।

सुदीपको पार्थिव शरीर आज बिहान सुनौली नाका हुँदै नेपाल ल्याउन लागिएको हो । परिवार स्रोतका अनुसार पार्थिव शरीर आजै बिहान ७ः३० बजेसम्म बुटवलको कालिकानगरस्थित निवासमा ल्याइनेछ । आजै उनको अन्त्येष्टि गरिने कार्यक्रम रहेको पारिवारिक स्रोतले जनाएको छ ।

अहिले सुदीपका काका तथा वडा अध्यक्ष दधिराम न्यौपानेसहित परिवारका अन्य सदस्यहरू शव बुझ्नका लागि सुनौली पुगेका छन् । घटना विवरण संकलन गर्न नेपाल प्रहरी तथा सम्बन्धित निकायहरूले समन्वय गरिरहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर