शिक्षक आन्दोलनलाई निरन्तरता दिन प्रचण्डको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षासम्बन्धी ऐन जारी नहुँदासम्म आन्दोलनलाई निरन्तरता दिन शिक्षकहरूलाई आग्रह गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीको ७७औं स्थापना दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज मंगलबार आयोजित कार्यक्रममा उनले शिक्षकहरूले पटकरपटक वार्ता गरेर पनि असफल भएको भन्दै यो पटक धैर्यतापूर्वक आन्दोलन जारी राख्न आग्रह गरेका हुन् ।
‘शिक्षक साथीहरूलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन पनि अपिल गर्न चाहन्छु। तपाईंहरूले पटक पटक आन्दोलन गर्नुभएको, पटक(पटक सम्झौता गर्नुभएको छ र पटकपटक धोका भएको छ। यो पटक त्यो स्थिति हुन नदिने जिम्मेवारी हामी सबैको छ। शिक्षकहरूको अझै धेरै छ,’ उनले भने।
एमालेकै नेतृ विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिने स्थिति बन्नुले शिक्षकका मागप्रति सरको गैरजिम्मेवारी प्रमाणित भएको बताए। शिक्षकहरूले गरेको माग नयाँ नभएको भन्दै सम्झौताअनुसार अघि बढ्न प्रधानमन्त्री केपी शर्मा ओली नकारात्मक भएको प्रचण्डको जिकिर छ।