बाइल्स र डुप्लान्टिस वर्षको उत्कृष्ट खेलाडी घोषित

काठमाडौं।  सिमोन बाइल्स र मोन्डो डुप्लान्टिस वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन्। सोमबार आयोजित लरियस वर्ल्ड स्पोर्ट्स अवार्ड्समा यी दुई खेलाडी उत्कृष्ट घोषित भएका हुन्।

अमेरिकी जिम्नास्ट बाइल्सले पेरिस ओलम्पिकमा तीन स्वर्ण र एक रजत पदक जितेकी थिइन्। स्वीडिस पोल भल्ट खेलाडी  डुप्लान्टिसले दोस्रो ओलम्पिक स्वर्ण जितेका थिए र दुई पटक आफ्नै विश्व कीर्तिमान पनि तोडेका थिए।

गत सिजन युइएफए च्याम्पियन्स लिग र ला लिगा दुवै जितेको रियल मड्रिडलाई ‘वर्ल्ड टिम अफ द इयर’ घोषित गरिएको छ। त्यस्तै, बार्सिलोनाका युवा फरवार्ड लमिन यमलले ‘वर्ल्ड ब्रेकथ्रु प्लेयर अफ द इयर’ को उपाधि जिते।

स्पेनिस टेनिस दिग्गज राफेल नाडालले ‘स्पोर्टिङ आइकन अवार्ड’ प्राप्त गरे भने अमेरिकी सर्फर केली स्लाटरलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरियो।

ब्राजिलियन जिम्नास्ट रेबेका एन्ड्रेडेले ‘कमब्याक अफ द इयर’ को अवार्ड जितिन्। घुँडाको एसिएल चोटबाट फर्किएपछि उनले पेरिस ओलम्पिकमा तीन पदक जितिन्, जसमा फ्लोर एक्सरसाइजमा स्वर्ण पनि सामेल थियो।

‘वर्ल्ड एक्सन स्पोर्ट्सपर्सन अफ द इयर’ को उपाधि बेलायती माउन्टेन बाइक खेलाडी टम पिडककले पाए। उनले साइक्लो–क्रसमा लगातार दुई ओलम्पिक स्वर्ण जित्ने दोस्रो पुरुष खेलाडी बन्ने क्रममा पञ्चरको समस्यालाई पार गरि जित हासिल गरेका थिए।

युयान जियाङलाई ‘विकलांगता भएको खेलाडीको वर्षको उत्कृष्ट खेलाडी’ घोषित गरियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर